कालचिनी – बुधबार राती कालचिनी खण्डको निमती झोड़ा चियाबारीको भारत चौपति लाईनमा जंगलबाट आहारको खोजीमा पसेको एक्ले हात्तीले स्थानीय पाँचवटा घरहरू क्षतिग्रस्त बनाएको गाउँलेहरूले जनाएका छन्।

मध्यरातमा उक्त एक्ले हात्तीले प्रथमत अखिलेश ठाकुर र परेश बाराको दोकान भत्काएर जम्मै रासन सामग्री खाइदिएको थियो भने उक्त एक्ले हात्तीले नजीकै रहेको सोनु खड़िया र पञ्चु तिर्कीको घर एवम् अर्को एकजना छिमेकीको घरहरूमा हल्का क्षति पुऱ्याएको गाउँलेहरूले जनाएका छन्। बिहान निमती रेञ्जका बनकर्मीहरूले घटनास्थलमा पुगेर जाँच गरेपछि पीड़ित परिवारलाई आवेदन गरे सरकारी नियमअनुसार क्षतिपूर्ति दिइने जनाएका छन्।