कालचिनी – सिंगुरमा जग्गा अधिग्रहणमा कुनै दोष थिएन। बिहीबार अलिपुरद्वार जिल्ला श्रमिक किसान खेत मजदूर संगठनको जिल्ला अधिवेशनमा भाग लिन आएका सीपीआईएमको पोलिट ब्यूरोका सदस्य सूर्यकान्त मिश्रले उपरोक्त कुराको दाबी गरेका हुन। उल्लेखनीय छ, बिहीबार सिलगढीमा विजया सम्मेलनलाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले टाटालाई सिंगुरबाट सत्तारुढ दल नभई सीपीएमले भगाएको बताएकी थिईन।
मुख्यमन्त्रीको बयानलाई ध्यानमा राख्दै, सूर्यकान्त मिश्राले अलिपुरद्वारमा भने, सिंगुरमा जग्गा अधिग्रहणमा कुनै गल्ती थिएन, त्यस समयमा तृणमूलले टाटाको प्लान्टलाई सिंगुरबाट बाहिर निकालेको थियो। सिंगुरमा जग्गा अधिग्रहणको आरोप लगाउँदै वर्तमान सत्तारुढ दल तृणमूलको आन्दोलनका कारण टाटा इन्डस्ट्रिज सिंगुर छोड्न बाध्य भएको सुर्यकान्त मिश्राले बताएका छन्।
सीपीआईएम पोलिट ब्यूरो सदस्य सुर्यकान्त मिश्राले अझै थप्दै भने ३ अक्टोबर १९९८ मा सिंगुरबाट निस्कने क्रममा उद्योगपति रतन टाटाले भनेका थिए “बन्दुक ठेकाए पनि नजाने भनेका थियौं तर ममताले ट्रिगर तानिन्।” त्यसैले बाध्य भएर हामीले ममता सिंगुर छोड्यौं।