दार्जीलिङ: हामीलाई हेर्ने सरकारको नजर भिन्नै रहेको छ भन्ने हाम्रो पार्टीको मिरिक ब्रांचको बरिष्ठ कार्यकर्ता लाडुप धिसिऽङले आरोप लगाएको छ। गत केही दिन अधि समतलमा प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएका परिवारहरूलाई राज्य सरकारको पक्षबाट सरकारी नोकारीको घोषणा गरेको तुरून्तै हाम्रो पार्टीको मिरिक ब्रांच कमिटि कार्यकर्ता लाडुप धिसिङले पहाडबासीलाई हेर्ने सरकारको नजर भिन्नै रहेको आरोप लगाए।तिनले अधि भने दार्जीलिङ पार्वतीय क्षेत्रहरूमा विगतका दिनहरूमा धेरै प्राकृतिक प्रकोपहरू आए थिए अनि धेरैले ज्यान पनि गुमाए तर ज्यान गुमाउँने परिवारहरूलाई सरकारको पक्षबाट सिविक पुलिस अथवा होम गार्ड बाहेक अन्य कुनै विभागमा नोकारी प्रदान गर्ने कार्य भएन भन्ने धिसिङले आरोप लगाए।समतलमा भएको प्राकृतिक प्रकोपमा ज्यान गुमाउँनेहरूप्रति हाम्रो सम्वेदना छ साथै उनीहरूले न्याय पाउनु पर्छ भन्ने पक्षमा छौ तर सरकार को पहाडबासीलाई हेर्ने नजर भिन्नै रहेको सरकारको कार्य कलापहरूबाट स्पष्ट भई रहेको धिसिङले आरोप लगाए।तिनले अधि भने हाम्रो पार्टीले मिरिक क्षेत्रको सरकारी कार्यलयहरू लगायत अन्य विभागहरूमा आरटीआई गरी राखेका थियौ,ती आरटीआईहरू मध्ये मिरिक महकुमा शासक,खण्ड विकाश कार्यलयहरूबाट हामीले जवाफ पायौ साथै अन्य विभागहरूबाट पनि हामीले आरटीआईको जवाफ पाउँने आशामा बसेका छौ धिसिङले भने। आरटीआई रिपोर्टको जवाफ अनुसार मिरिक खण्ड विकाश कार्यलयको अधिनस्थमा १२ वटा खाली पदहरू रहेको जान्नमा आयो।ती खाली पदहरूमा हाम्रै शिक्षित एंव योग्य भाइ वहिनीहरूले के कस्तो तयारी गर्नु पर्ने साथै कस्तो प्रकारको परिक्षाको तयारी गर्नु पर्ने भन्ने विषयहरूमाथि हाम्रो पार्टीले कार्य नीतिहरू तयारी गरी रहेको धिसिङले बताए। यी विषय हरूमाथि मिरिक महकुमा शासक एंव खण्ड विकाश अधिकारीको पक्षबाट पनि सहयोग मुलुक जवाफहरू पाएको धिसिङले बताए,तर कतिपय विभागीय अधिकारी हरूले आफुहरूले आरटीआईको प्रतिलिपि नै नपाएको जानकारी गराए अनि यस विषयमाथि पोस्ट अफिस अधिकारीसंग सम्पर्क गर्दा साथै खोजवीन गर्दा जस्तो सिक्का खोटो उसकै हिया ढुक ढुक भने जस्तो पनि भई रहेको धिसिङले बताए।देशको संविधानले दिएको आरटीआई एक्र्टको सुविधा दिएको छ,यसको लाभ समस्त देशबासीहरूले उठाउनु सक्नु पर्छ,सांसदले आफ्नो कुरा सदनमा राख्ने गर्छन, त्यसरी नै विधायक हरूले विधानसभामा आफ्नो पक्ष राख्छ,त्यही अनुरूप देशको आम जनताले पनि आरटीआईको माध्यमद्वारा प्रत्येक विभागमा आफ्नो पक्ष राख्नु पाउँछ धिसिङले भने। आरटीआई रिपोर्ट अनुरूप धेरै कुराहरू बाहिरो आएो छ, जसमा सरकारी विभागहरूमा खाली पदहरूको पनि खुलासा भएको छ। ती खाली पदहरूमा हाम्रै क्षेत्र को शिक्षित एंव योग्य भाइ वहिनीहरूले पाउनु पर्छ भन्ने विषयलाई ध्यानमा राख्दै त्यसको निम्ति कस्तो परिक्षा बस्नु पर्ने अनि त्यसको निम्ति कस्तो प्रकारको तयारी गर्नु पर्ने भन्ने विषयमाथि हामीले चिन्तन र मनन गर्दै आई रहेका छौ।त्यसरी नै आरटीआई रिपोर्ट अनुरूप मिरिक क्षेत्रमा भएको विकाश कार्यहरूको जाँच गर्ने छुटटै टीम पनि तयार गर्ने छौ धिसिङले भने। विमल गुरूङको कार्यकालमा धेरै मानिसहरूले सानो तिनो जे जस्ता भए पनि कामहरू पाएका थिए अनि उनीहरूको धरको चुला जल्दै थिए तर त्यसमा पनि राजनैतिक भेदभाव भएको धिसिङले आरोप लगाए।