आईपीएलमा धन वर्षाः च्याम्पियन गुजरात टाइटन्सलाई २० करोड़, बटलरको जयजयकार

IMG-20220530-WA0123.jpg

३० मईः आईपीएल-को १५औं सीजनलाई नयाँ च्याम्पियन प्राप्त भयो। पहिलोपल्ट आईपीएल खेलिरहेको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरी ट्रफी जित्यो। यस खिताबी जीतको निम्ति भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को तर्फबाट च्याम्पियन गुजरात टाइटन्स टीमलाई २० करोड़ रुपियाँको पुरस्कार राशि पनि प्राप्त भयो।

यसरी नै रनरअप् राजस्थानलाई १२.५ करोड़ रुपियाँ प्राप्त भयो। यतिमात्र नभएर तेस्रो स्थानमा रहने रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-को टीमलाई ७ करोड़ र चौथो स्थानमा रहने लखनऊ सुपर जाइण्ट्सको टीमलाई ६.५ करोड़ रुपियाँको पुरस्कार राशि प्राप्त भयो।

यसबाहेक टुर्नामेण्टमा असाधारण प्रदर्शन गर्ने खेलाड़ीहरूले पनि मोटो रकम कमाई गरे। आईपीएलको यस सीजनमा सर्वाधिक विकेट लिने राजस्थानका लेग स्पिनर युजवेन्द्र चहलले पर्पल क्यापको साथमा १० लाख रुपियाँ पाए। चहलले यस सीजनमा सर्वाधिक २७ विकेट हासिल गरे। आरसीबीका स्पिनर वानिन्दु हसारंगा २६ विकेटको साथ दोस्रो स्थानमा रहे। यसबाहेक पञ्जाब किंग्सका पेस बलर कगिसो रबाडा २४ विकेटको साथ तेस्रो अनि सनराइजर्स हैदराबादका पेसर उमरान मलिक २२ विकेटको साथ चौथो स्थानमा रहे। यसरी नै सीजनमा सर्वाधिक रन बनाउने राजस्थानका ओपनर जोस बटलरलाई ओरेञ्ज क्यापको साथमा १० लाख रुपियाँ प्राप्त भयो। उनले १७ वटा म्याचमा ४ वटा शतकको साथ ८६३ रन बनाए। यस सूचीमा लखनऊ सुपर जाइण्ट्सका कप्तान केएल राहुल ६१६ रनको साथ दोस्रो, त्यही टीमका क्विण्टन डी कक् ५०८ रनको साथ तेस्रो र गुजरातका कप्तान हार्दिक पाण्ड्या ४८७ रनको साथ चौथो स्थानमा रहे। फाइनलमा म्यान अव् द म्याचको निम्ति हार्दिकलाई ५ लाख रुपियाँ प्राप्त भयो।

यसबाहेक पुरस्कार वितरण कार्यक्रममा एमर्जिंग प्लेयर अव् द ईयर (उमरान मलिक, १० लाख), सुपर स्ट्राईकर अव् द सीजन (१८३.३३-को स्ट्राईकर रेटको साथ दिनेश कार्तिक, १० लाख), मोस्ट भ्याल्यूएबल प्लेयर अव् द सीजन (बटलर, १० लाख), गेमचेञ्जर अव् द सीजन (बटलर, १० लाख), पावरप्लेयर अव् द सीजन (बटलर, १० लाख), सर्वाधिक छक्का (४५ वटा छक्काको साथ बटलर, १० लाख), सर्वाधिक चौका (८३ वटा चौकाको साथ बटलर, १० लाख), सबैभन्दा तेज बल (१५७.३ किलोटर प्रति घण्टा गतिको साथ लौकी फर्ग्यूसन, १० लाख), सर्वश्रेष्ठ क्याच (एविन लुइस, १० लाख) र फेयर प्ले पुरस्कार (राजस्थान रोयल्स र गुजरात टाइटन्स संयुक्त रूपले) पनि प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement