काली पुजाको पण्डाल डोकरा शिल्पमा सिलगढी विवेकानन्द क्लबले बनाउने

19-17-00-1e7a6487-82a8-4a50-9696-83b227450c5d-1024x576.jpg

सिलगढी: यस बाजीको काली पुजामा सिलगढीको विवेकानन्द क्लबले डोकरा शिल्पको मण्डप बनाउने भएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। यस बैठकमा क्लबका सभापति पीयूष कान्ति घोष, सचिव निलय चक्रवर्ती लगायत अन्य उपस्थित थिए। यस वर्ष उक्त क्लबको काली पुजाले ७५औं वर्ष पुरा गर्ने भएकोले विविध सामाजिक कार्य तथा विविध प्रतियोगितामूलक खेलकूदको आयोजना गर्ने भएको छ। यसबाहेक यस वर्ष काली पुजाको मण्डपले ऐतिहासिक डोकरा शिल्पलाई दर्शाउनेछ। राष्ट्रपति पुरस्कारले सम्मानित विशिष्ट शिल्पकार गौराङ्ग कुइलालाई क्लबको मण्डप सजाउने दायित्व सुम्पिएको छ भने २२ अक्टोबरमा अभिनेत्री पाउली दामले पुजाको उद्घाटन गर्ने भएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement