खरसाङको पुष्परानी विद्यालयमा देउसी भैलो कार्यक्रम सम्पन्न

IMG-20221020-WA0215.jpg

खरसाङ: खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयमा देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयको बाह्रौं श्रेणीका कला र विज्ञान विभागका विद्यार्थीहरूले नेपाली जातिको पारम्परिक संस्कृति देउसी भैलो कार्यक्रम प्रस्तुत गरेका छन्। यस कार्यक्रमलाई शिक्षक राजु ठटालले सञ्चालन गरेका थिए भने देउसी भैलोको महत्त्व र इतिहास विस्तारमा राख्दै विद्यालयका शिक्षक प्रभारी ललिता भण्डारीले आफ्नो वक्तव्यमा बताएका थिए।

यसरी नै बाह्रौं श्रेणीको कला अनि विज्ञान विभागका विद्यार्थीहरूले भैलेनी परम्पारगत ढंगमा प्रस्तुत गरेका थिए भने देउसी पनि बाह्रौं श्रेणीका कला र विज्ञान विभागका विद्यार्थीहरूले नै प्रस्तुत गरेका थिए भनी पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षक प्रभारी ललिता भण्डारीले विज्ञप्ति जारी गरी बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement