निःशुल्क आँखा जाँच शिविर गजलडोबाको टाकिमारीमा समपन्न

IMG_20221020_190225.jpg

राजगञ्ज: आज निःशुल्क आँखा जाँच शिविर गजलडोबाको टाकीमारीमा आयोजना गरियो। राजगञ्ज खण्डको मान्तादारी ग्राम पञ्चायतको २ नम्बर टाकीमारी बजार कमिटीको पहलमा तथा सिलगढी लायन्स क्लबको सहयोगमा यो शिविरको आयोजना गरिएको हो। यस शिविरमा इलाकामा धेरैजना मानिसहरूले आँखा जाँच गराए। क्लबका सदस्य दुलाल अधिकारीले बताए अनुसार टाकीमारी इलाका कृषि क्षेत्र हो। यहाँका मानिसहरू बिरामी भएको खण्डमा उपचारको लागि सिलगढी तथा जलपाईगढी जान पर्दछ। यसैले इलाकाको मानिसहरूको समस्यालाई ध्यानमा राखेर आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement