मंगपू गोल्ड कपः नर्थ बेंगल आर्म्ड पुलिस सेमिफाइनलमा

IMG_20221020_185615.jpg

२० अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा नर्थ बेंगल आर्म्ड पुलिस (डाबग्राम)-ले टाई ब्रेकरमा रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। मंगपू जन मैदानमा बिहीवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा नर्थ बेंगल आर्म्ड पुलिस (डाबग्राम)-ले नेपालको चर्च बोइज युनाइटेड (काठमाण्डौ)-लाई टाई ब्रेकरमा ५-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा आर्म्ड पुलिसबाट लिटन शीलले गोल गरे। यसरी नै चर्च बोइज युनाइटेडबाट भुवन बासानले गोल गरे। दोस्रो हाफमा कुनै गोल भएन। अब शुक्रवार खेलिने चौथो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिस र केबीपीएस (ढाका), बंग्लादेशबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २२ र २३ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल ३० अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement