अरुणाचलमा भारतकै पहिलो ‘रिभर काइनेटिक इनर्जी’ परियोजना सुरु हुँदै, नर्वेको कम्पनीसँग सम्झौता

1feeb59b-f601-4404-80f7-409afd7d4b1a

नयाँ दिल्ली: अरुणाचल प्रदेशले दिगो विकास र वातावरणीय दायित्वलाई सँगसँगै अघि बढाउने दिशामा एक महत्त्वपूर्ण फड्को मारेको छ।
भारतकै पहिलो ‘नदी गतिज ऊर्जा प्रदर्शन परियोजना’ (रिवर काइनेटिक एनर्जी डेमोंस्ट्रेशन प्रोजेक्ट) स्थापनाका लागि अरुणाचल प्रदेश सरकार र नर्वेको प्रतिष्ठित कम्पनी ‘टाइडल सेल एएस बीच द्विपक्षीय समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
​पर्यावरणीय सन्तुलन र नदी प्रणालीलाई कुनै नोक्सान नपुर्‍याई स्वच्छ ऊर्जा उत्पादन गर्ने उद्देश्यका साथ यो ऐतिहासिक परियोजना अघि बढाइएको हो। यस नवीन पहलका लागि अरुणाचल प्रदेशकी विज्ञान तथा प्रविधि मन्त्री दासंगलु पुल, ‘सेन्टर फर अर्थ साइन्सेज एन्ड हिमालयन स्टडिज’ (सीईएस&एचएस) र नर्वेली साझेदार टोलीलाई बधाइ तथा शुभकामना व्यक्त गरिएको छ।
​प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै नवीकरणीय ऊर्जाको क्षेत्रमा यो सहकार्यले भविष्यमा प्रकृतिअनुकूल र अत्याधुनिक प्रविधियुक्त समाधानका नयाँ ढोकाहरू खोल्ने विश्वास लिइएको छ।

About Author

Advertisement