प्रतियोगिता गुजरातमा आयोजना हुने
सिलगढी: १४औँ अक्षय कुमार अन्तर्राष्ट्रिय कुड प्रतियोगितामा दार्जिलिङ र जलपाईगुडीका ११ खेलाडी सहभागी हुनेछन्। गुजरातमा २४ देखि २६ अक्टोबरसम्म हुने १४औँ अन्तर्राष्ट्रिय कुड प्रतियोगितामा दार्जिलिङ र जलपाईगुडी जिल्लाका कुल ११ खेलाडीले भाग लिनेछन्।यस प्रतियोगितामा पश्चिम बंगालका कूल ४० खेलाडी सहभागी हुनेछन्। जसमा दार्जिलिङ र जलपाईगुडीका ११ खेलाडी सामेल छन्। प्रतियोगितामा सहभागी हुन उनीहरु सबै शनिबार गुजरात प्रस्थान गर्ने बङ्गाल टोलीका प्रशिक्षक सहदेव बर्मनले जानकारी दिए। मिश्रित मार्सल आर्ट मध्ये एक कुड पनि रहेको उनले बताए। उनीहरुका सबै खेलाडी यस प्रतियोगिताको लागि तयार छन्। खेलमा देवांगना भौमिक, अहजिता दत्त, तबस्मि दत्त, राजदीप घोष, उज्ज्वल नाथ, सुरजित सरकार, युस वैश, गायती दास, नमिता बर्मन, रुपन्त बर्मन, कौशिक गराईको सहभागिता रहेको उनले बताए।