सिलगढी: सिलगढीको गोरा मोडमा ट्राफिक ड्युटीमा खटिएका एक पुलिस अधिकारीले सडकमा फेला पारेको महँगो एन्ड्रोइड मोबाइल फोन सुरक्षित रूपमा सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन्।
ड्युटी गरिरहेका बेला फेला परेको उक्त मोबाइल फोनका बारेमा पुलिसले आवश्यक अनुसन्धान गरी वास्तविक धनीको पहिचान गरेको थियो। सम्बन्धित धनी पुलिस थानामा उपस्थित भएपछि आवश्यक कागजात र पहिचान पुष्टि (भेरिफिकेसन) गरेर मोबाइल बुझाइएको हो। आफ्नो हराएको फोन फिर्ता पाएपछि मोबाइल धनीले पुलिस प्रशासनप्रति आभार प्रकट गरेका छन्।
सिलिगुढी पुलिस कमिसनरेटले यस कार्यमार्फत जनताको सेवा, इमानदारिता, व्यावसायिकता र द्रुत सहयोगका लागि पुलिस सदैव प्रतिबद्ध रहेको सन्देश प्रवाह गरेको छ।










