बैंक अफ बडोदामा नयाँ पदहरु

BankOfBarodaLogo.svg_.png

बैंक अफ बडोदाले धेरै पदहरू भर्ती गर्ने निर्णय गरेको छ। जसका लागि अभियान शुरु भइसकेको छ भने इच्छुक उम्मेदवारले यही २४ अक्टोबरसम्म आवेदन दिन सक्नेछन्। यदि बैंक अफ बडोदामा नोकरी गर्न इच्छुक भए यो सुनौलो अवसरको फाइदा उठाउन सकिन्छ। बीओबीले विभिन्न पदमा भर्नाको लागि सूचना जारी गरेको छ। जसअनुसार बैंकमा आईटी प्रोफेसनल पदमा भर्ना गरिने छ।

रिक्तता विवरण: क्लाउड इन्जिनियर, एप्लिकेसन आर्किटेक्ट, इन्टरप्राइज आर्किटेक्ट र इन्टिग्रेशन आर्किटेक्टको पदमा भर्तीका लागि यो भर्ती अभियान सञ्चालन भइरहेको छ।

योग्यता: भर्तीका लागि आवेदन दिने उम्मेद्वारहरूले प्रासंगिक विशेषज्ञतामा बीई/बी.टेक गरेको हुनुपर्छ। साथै उम्मेदवारहरूसँग सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव हुनुपर्दछ।

उमेर सीमा: यी पदहरूमा आवेदन दिने उम्मेदवारहरूको उमेर ३२ देखि ४५ वर्षको बीचमा हुनुपर्छ।

कसरी छनोट गरिन्छ: उम्मेदवारहरूलाई सीप परीक्षण र अन्तर्वार्ताको आधारमा छनोट गरिनेछ।

कसरी आवेदन गर्ने: यस भर्तीको लागि आवेदन दिन इच्छुक र योग्य उम्मेद्वारहरूले अनलाइन मोड मार्फत आवेदन दिनुपर्छ। उम्मेदवारहरूले २४ अक्टोबरसम्म मात्र आधिकारिक साइट bankofbaroda.in मा गएर भर्तीको लागि आवेदन दिन सक्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement