खरसाङको मुर्दाहट्टी जाने सोचनीय अवस्थामा रहेको सड़क तिहारपछि मरमत्ति गरिने सभासद श्याम शेर्पाको आश्वासान

IMG-20221020-WA0167.jpg

खरसाङ: खरसाङको मुर्दाहट्टी जाने सोचनीय अवस्थामा रहेको रोडको मरमत्ति गरिने भएको छ। उक्त रोडको मरमत्ति तिहारपछि गरिने खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाले जानकारी गराएका छन्। उनले आफ्नो कार्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले खरसाङको मुर्दाहट्टी जाने सोचनीय अवस्थामा रहेको सड़कको मरमत्तिको लागि हामीले पहल गरिसकेको र यसको कार्य अब गरिने भएको बताउँदै तिहार अघि मरमत्तिको कार्य गरिने भए पनि लेबरहरू तिहार मनाउन जाने भएको कारणले विभागसित मिलेर हामीले खरसाङको मुर्दाहट्टी जाने सोचनीय अवस्थामा रहेको सड़क तिहारपछि नै मरमत्ति कार्य थाल्ने जानकारी गराएका छन्।

उनले रोडको सोचनीय अवस्थाले गर्दा स्थानीय जनसाधारण तथा चालकहरूलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर तिहारपछि गुणस्तरीय रूपमा मरमत्तिको कार्य गरिने भएको जानकारी छन्। सभासद श्याम शेर्पाले एक प्रश्नको उत्तरमा खरसाङको मुर्दाहट्टी जाने सोचनीय अवस्थामा रहेको रोडको मरमत्ति कार्यपछि खरसाङको कटलेरी रोडको पनि मरमत्ति गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement