दीपावली र काली पूजामा प्रतिबन्धित पटाका नफाल्न आग्रह सहित सचेतना र्‍याली

IMG-20221020-WA0163.jpg

सिलगढी: हिमालयन नेचर एण्ड एडभेन्चर फाउन्डेसनले कालीपूजा र दीपावलीको समयमा प्रतिबन्धित पटाकाहरूबाट टाढा रहन अपील गर्दै सिलगढी कञ्चनजङ्घा स्टेडियमको अगाडि एक सचेतना र्‍याली निकाल्यो। र्‍यालीमा सहभागी संस्थाका सदस्यहरूले ‘काली पूजालाई आतङ्कको पर्यायवाची नभई उज्यालो र आनन्दको पर्व बनाऔं’ भन्ने नारा लगाएका थिए। सहरमा डेंगुको कहर चलिरहेको अवस्थामा प्रतिबन्धित पटाकाको प्रयोगले खतरा बढ्ने उनीहरुको भनाइ छ। त्यसैले मानिसहरु यसबाट बच्नुपर्छ। उनले दीपावलीलाई उज्यालोको पर्वका रुपमा मनाउनुपर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement