घैयाबारीको नेताजी हाई स्कूलमा २१२औं भानु जयन्ती पालन

IMG-20260714-WA0082

खरसाङ: घैयाबारीको नेताजी हाई स्कूलमा २१२औं भानु जयन्ती पालन समारोह सम्पन्न गरिएको छ‌। विद्यालयका सह-शिक्षिक नयन खातीले सञ्चालन गरेको यस कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधान अध्यापक दिनेश प्रधानले गरेका थिए।कार्यक्रममा सर्वप्रथम प्रधान अध्यापक लगायत सह-शिक्षिक शिक्षिकाहरुले आदि कवि भानुभक्त आचार्यको तस्वीरमा दिप प्रज्वलन साथै खदा-माला लगाएर कार्यक्रमको शुरुआत गरे। नानीहरुले प्रथममा‌ आदि कवि भानुभक्त आचार्यलाई समर्पित गर्दै एउटा गीत प्रस्तुत गरे। विद्यालयका नानीहरुले यस कार्यक्रममा रामायण पाठ पनि गरेका थिए। विधार्थी दिक्षा प्रधानले भानुभक्तको जीवनी पठन गरे। यसरी नै विद्यार्थी अर्चना छेत्री, एलिना राई,धनबहादुर विश्वकर्मा, गिरिसमा मंगरले कविता वाचन गरे। यसै कार्यक्रममा विद्यार्थी दिव्यम बराईलीले भानुभक्तको उत्कृष्ट चित्र बनाएकोमा प्रधान अध्यापक दिनेश प्रधान अनि सह-शिक्षिका मनिष प्रधानले खदा लगाएर सम्मान जनाए साथै नानीलाई पुरस्कार पनि प्रधान गरे। कार्यक्रममा नानीहरुले नृत्य पनि प्रस्तुत गरे।
कविता वाचनको क्रममा सह-शिक्षिक नयन खातीले पनि भानुभक्त लाई समर्पित गर्दै कविता प्रस्तुत गरे।

अन्त्यमा प्रधान अध्यापक दिनेश प्रधानले भानु जयन्ती सम्बन्धि जानकारी दिँदै नेपाली साहित्यमा भानुभक्तको ठूलो योगदान रहेको छ। यसैले हामीले हाम्रो भाषा अनि जातीलाई माया अनि सम्मान गर्नुपर्छ भनी बताएका छन्।

About Author

Advertisement