खरसाङ: तीनधारे वरिष्ठ नागरिक कल्याण संगठनका सदस्हरुद्वारा दार्जिलिङका सांसद राजु विष्टसंग उनकै कार्यालयमा एक शिष्टाचार भेट गरे। गत वर्षको अन्ततिर संगठनद्वारा चढाएको निवेदन पत्रको आधारमा दुईवटा महत्वपूर्ण विषयहरुलाई सांसदद्वारा पहल गरि दिएर कार्यान्वयनको निम्ति प्रक्रिया अघि बढाई दिएवापद संगठनको पक्षबाट सांसदलाई प्रशंसा पत्र चढाई धन्यवाद ज्ञापन गरे। सौहार्दमय भेटमा तीनधारे राष्ट्रिय राजमार्ग ११० देखि सिलिम हिल स्कूलसम्मको जीपेबल ओल्ड मिलिटेरी रोड नवनिर्माण साथै एसबीआइ एटीएम तीनधारेमा जढ़ान गरिने कार्य पूरा भईसकेको र त्यस कार्यमा आफु पनि लागि परेको सो अब चाढै पूरा हुनै लागेको सांसदले संगठनका सदस्यहरुलाई जानकारी गराएको जानकारी प्राप्त भएको छ। यसका साथै सांसदसंगको भेटमा संगठनका सदस्यगणले तीनधारेवासीले झेल्न परिरहेको स्वच्छ पिउने पानीको संकटबारे जानकारी गराए साथै तीनधारे मिठाईडांड़ा खेल मैदानलाई आधुनिक सुविधायुक्त खेल स्टेडियम निर्माण गरिन पर्नेबारे पनि निवेदन गरेका छन्।

वरिष्ठ नागरिक संगठनद्वारा तीनधारेमा आयोजनामा प्रत्येक वर्ष खेलाइने जिल्ला स्तरीय अण्डर १५ नकआउट फुटबल टुर्नामेन्ट २०२६ मा सफल आयोजनाको निम्तु सांसदलाई सहयोगको प्रस्ताव राखे। यस्तो कार्यको निम्ति संगठनलाई सबैले सहयोग गर्नुपर्छ भनी सांसदले आश्वासन साथै स्वीकृति दिएको जानकारी प्राप्त भएको छ। बिमल दर्जीको पहलमा यस सौहार्दमय भेटमा सभापति गाँधी मोक्तान, सचिव सुरेशचन्द्र दर्नालका साथमा कोषाध्यक्ष गौतम मोक्तान, जितबहादुर गुरुङ, जयप्रकाश गुप्ता,पीके सेवा, पुकबहादुर नेवार, बिष्णु कुमार प्रधान र यामा शंकर प्रधानले अंश ग्रहण गरेका थिए। यस सफल भेटको निम्ति संगठनले सांसद राजु विष्टप्रति आभार व्यक्त गरेका छन्।









