खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेमा यसपाली दैऊसी भैलो प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त देउसी भैलो प्रतियोगिता कार्यक्रमको लागि तीनधारेमा रञ्जनकुमार रसाईलीको अध्यक्षता र सन्तोष लामाको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा तीनधारेको विभिन्न संघ संस्थाहरूलाई लिएर आगामी २९ अक्टोबर शनिवारको दिन महात्मा गाँधी हल तीनधारेमा देउसी भैलो प्रतियोगिता आयोजना गरिने निर्णय गरिएको छ। उक्त सभामा नै यसपाली देउसी भैलो प्रतियोगिता आयोजना गर्नलाई २० जनालाई लिएर तदर्थ कमिटी गठन गरिएको छ। उक्त कमिटीको नाम देउसी भैलो प्रतियोगिता आयोजक समिति गठन गरिएको छ। उक्त कमिटीमा संयोजकको रूपमा सन्तोष लामालाई चयन गरिएको छ भने कोषाध्यक्षमा बिजय गुरुङलाई चयन गरिएको छ। तीनधारेमा हुनेवाला उक्त देउसी भैलो प्रतियोगिताको लागि निर्णायकको रूपमा सुरेन बम्जन, बरूण रसाईली, बिक्रम मंगर, कृष्णराज छेत्री, पूर्ण मास्के, मदनकुमार प्रधानलाई राखिने भएको छ। वर्तमान समयमा नानीहरू र युवा पुस्तालाई नेपाली संस्कृति र चाढ बाढ विषयमा जानकारी गराउन अनि संस्कृति जोगाउन यो प्रतियोगिता आयोजना गरिएको जानकारी देउसी भैलो प्रतियोगिता आयोजक समितिको संयोजक सन्तोष लामाले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन्। उनले जानकारी गराए अनुसार तीनधारे क्षेत्रका ११ वटा विभिन्न संघ संस्थाहरू र युवाहरूलाई समेटेर उक्त प्रतियोगिता गरिने भएको छ। यस प्रतियोगितामा भाग लिनेहरूले अनिवार्य रुपमा जातीय पोशाक लगाउनु पर्ने, कम्तीमा ५ जना अनि बेसीमा १० जनाले भाग लिन सक्ने साथै १० मिनटको समयमा देउसी अनि भैली प्रस्तुत गर्नु पर्ने जानकारी गराएका छन्।