गान्तोकमा २१२औँ भानु जयन्ती भव्य रूपमा मनाइयो, राज्यपाल माथुरद्वारा आदिकविको सालिकमा माल्यार्पण

FB_IMG_1783948118324

गान्तोक: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा सिक्किमको राजधानी गान्तोकमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ। गान्तोकस्थित भानु उद्यानमा आयोजित विशेष समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिका रूपमा सहभागी भएका छन्। सो अवसरमा राज्यपाल माथुरले नेपाली साहित्यका अग्रदूत आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

भानु उद्यानमा आयोजित यस गरिमामय कार्यक्रममा नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, कार्यसमितिका सदस्यहरू तथा स्थानीय साहित्यकार एवं बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो। उनीहरूले नेपाली भाषा र साहित्यको उत्थानमा आदिकविले पुऱ्याएको योगदानको चर्चा गरेका थिए।
​उद्यानमा श्रद्धाञ्जली कार्यक्रम समापन भएपछि राजधानीमा एक भव्य शोभायात्रा निकालिएको थियो। परम्परागत भेषभूषा र झाँकीसहित निकालिएको उक्त शोभायात्राले गान्तोक बजारको परिक्रमा गरेको थियो र पछि मनन केन्द्रमा पुगेर टुङ्गिएको थियो। सांस्कृतिक रौनकले भरिएको यस शोभायात्रामा विभिन्न विद्यालयका विद्यार्थीहरू, साहित्यिक संघ-संस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

About Author

Advertisement