२० अक्टोबरः दार्जीलिङका प्रतिभाशाली फूटबलर बृजेश गिरीलाई बिहीवार खरसाङ फूटबल एसोसिएसन (केएफए)-का पदाधिकारिहरूले भव्य स्वागत जनाए। भारतीय टीमबाट एएफसी अण्डर-२० च्याम्पियनशीप क्वालीफायरमा हिस्सा लिएर फर्किएपछि बाघडुग्रा एयरपोर्टबाट दार्जीलिङ जाने ब्रिजेशलाई केएफए-को तर्फबाट खरसाङको मोटर स्ट्याण्डमा स्वागत जनाइयो। यस अवसरमा केएफए-का कार्यकारिणी अध्यक्ष नर्बु शेर्पा, उपाध्यक्ष अर्जुन शर्मा, सचिव सुदिप राइ, कार्यकारिणी सदस्य विमल मुखिया, युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)- का पदाधिकारीहरु सचिव विशाल शर्मा, टीम म्यानेजर मेघराज थापा, जेआर३२ फूटबल एकाडमीका मुख्य प्रशिक्षक जितेन राई अनि सहायक रनजीत तामङ साथै भा.गो.पा.प. खरसाङ युवा मोर्चाका अध्यक्ष पेमेन्द्र गुरुङ, केडीबीबीए एण्ड फिटनेसका पदाधिकारीहरू अध्यक्ष सन्जय छेत्री, उपाध्यक्ष देवराज भण्डारी साथै खेलप्रेमीहरू उपस्थित थिए।

यस अवसरमा केएफए-को तर्फबाट ब्रिजेश गिरीलाई बधाईको साथमा स्वर्णिम भविष्यको निम्ति शुभकामना जनाइयो। ब्रिजेश यसअघि साफ अण्डर-१७ च्याम्पियनशीपमा पनि भारतीय टीमका हिस्सा थिए।