आउँदो फिफा वर्ल्ड कपमा ६४ वटा टीमहरूलाई सामेल गर्ने संकेत दिए इन्फेण्टिनोले

IMG-20260713-WA0079

नयाँ दिल्ली: फिफा अध्यक्ष जियानी इन्फेण्टिनोले २०३० फिफा पुरुष वर्ल्ड कपमा अंशग्रहणकारी टीमहरूको संख्या बढ़ाएर ६४ गर्ने प्रस्तावमाथि गम्भीरतापूर्वक विचार गर्ने संकेत दिएका छन्। उनले वर्तमान २०२६ वर्ल्ड कप समाप्त भएपछि फिफाको सम्बन्धित समितिहरूसँग यस मुद्दामाथि चर्चा गर्ने जानकारी दिए। इन्फेण्टिनोको भनाइअनुसार, विश्वका हरेक देशले वर्ल्ड कपमा खेल्ने सपना देख्ने अवसर पाउनु पर्छ कारण यसले ससाना देशहरूलाई पनि असल प्रदर्शन गर्ने अनि फूटबलको स्तर उच्च गर्ने प्रेरणा हासिल हुनेछ। इन्फेण्टिनोले एउटा साक्षात्कारमा भने, ६४ वटा टीमको वर्ल्ड कपको मुद्दा निश्चित रूपले यस वर्ल्ड कपको समाप्तिपछि सम्बन्धित समितिहरूमा चर्चाको निम्ति राखिनेछ। हरेक देशसँग वर्ल्ड कपमा खेल्ने सपना देख्ने अधिकार हुनु पर्नेछ। विश्वभरि टीमहरूको स्तरमा लगातार सुधार आइरहेको छ। ससाना देशहरूले वर्ल्ड कपमा खेल्ने मौका नपाए उनीहरूसँग अघि बढ़ने प्रेरणा कम्ती हुनेछ। उल्लेखनीय छ, अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनमा जारी फिफा वर्ल्ड कप २०२६-मा पहिलोपल्ट ४८ वटा देशले हिस्सा लिएको छ। यसअघि १९९८-देखि २०२२सम्म वर्ल्ड कपमा ३२ वटा टीमले हिस्सा लिन्थ्यो। फिफा अध्यक्षले ३२-बाट ४८ टीमहरूको विस्तारलाई सम्पूर्ण रूपले सफल बताउँदै यो फसेला फूटबलको वैश्विक विकासको निम्ति धेरै सकारात्मक साबित भएको दावी गरे। उनले भने, भविष्यमा ६४ वटा टीमको प्रारूप लागू भए अधिक देशहरूले भागीदारीको अवसर पाउनेछ तर यसले म्याचहरूको संख्या, आयोजन र लजिस्टिक्स जस्ता चुनौतीहरू पनि बढ़नेछ। उल्लेखनीय छ, २०३० फिफा वर्ल्ड कप धेरै दृष्टिकोणले ऐतिहासिक हुनेछ कारण टुर्नामेण्टको आयोजन तीनवटा महाद्वीपको ६ वटा देशमा गरिनेछ। यसमा उरुग्वे (शताब्दी समारोहको उद्घाटन म्याच), अर्जेण्टिना, प्याराग्वे, मोरक्को, पोर्तुगल र स्पेन सामेल छ। १९३०-मा फिफा वर्ल्ड कपको पहिलो संस्करणको आयोजन उरुग्वेले गरेको थियो।

About Author

Advertisement