मुख्यमन्त्रीद्वारा रालाङ गुम्बामा ग्याल्छाब रिन्पोछेसँग भेट, धार्मिक सद्भाव र समृद्धिको कामना

FB_IMG_1783787388334

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले नाम्ची जिल्लाको ऐतिहासिक एवं पवित्र रालाङ गुम्बा पुगेर धार्मिक गुरु १२औँ गोश्री ग्याल्छाब रिन्पोछेसँग भेट गरी आशीर्वाद ग्रहण गरेका छन्। गुम्बामा आयोजित विशेष प्रार्थनामा सहभागी हुँदै मुख्यमन्त्रीले बौद्ध भिक्षुहरूसँगै उभिएर धार्मिक परम्पराअनुसार पूजा-अर्चना समेत गरेका हुन्।
​रिन्पोछेसँगको भेटलाई एक आध्यात्मिक र संवेदनशील क्षणको रूपमा उल्लेख गर्दै मुख्यमन्त्री गोलेले यसलाई आफ्नो लागि गहिरो र विनम्र अनुभव भएको बताएका छन्। भेटका क्रममा उनले रिन्पोछेको सुस्वास्थ्य, सुदीर्घ जीवन र समस्त मानव कल्याणका लागि धर्मको निरन्तर प्रवर्द्धन भइरहोस् भन्ने कामना सहित हार्दिक शुभकामना व्यक्त गरे।
​भेटघाट र प्रार्थनाका केही तस्बिरहरू सार्वजनिक गर्दै मुख्यमन्त्री गोलेले राज्यमा शान्ति, आपसी सद्भाव र सबै नागरिकको कल्याणको कामना गरेका छन्।
मुख्यमन्त्रीको यो गुम्बा भ्रमण र धर्मगुरुहरूप्रतिको सम्मानलाई सिक्किमको समृद्ध सांस्कृतिक एवं आध्यात्मिक धरोहरलाई कायम राख्ने प्रयासका रूपमा हेरिएको छ।

About Author

Advertisement