खरसाङ: खरसाङ ईभान फाउण्डेशनले विगतका वर्षहरू झैं यस वर्ष पनि वृक्ष रोपणको कार्यक्रम हुडकट सन्त अल्फन्सेस सोसियल एण्ड कल्चरल सेन्टरमा सम्पन्न गरिएको छ। कार्यक्रममा सासकका निर्देशक जोन केनेडि, सिङमारीका पल्ली पुरोहित फादर प्याट्रीक प्रधान अनि ग्लोरियसका विद्यार्थीहरू उपस्थित थिए। कार्यक्रममा ईभान फाउन्डेसनका अध्यक्ष प्रशान्त शर्माले वृक्षको विशेषताहरू विषयमा बताए तथा सासकका संस्थापक फादर अब्राहमलाई सम्झेर एक मिनटको मौन धारण गरियो। कार्यक्रममा फादर जोनले पर्यावरण संरक्षण विषय जानकारी गराएका छन्।

स्मरण रहोस् ईभान फाउण्डेसनले अन्य सामाजिक कार्यसंगै वृक्ष रोपण हर एक वर्ष नै गर्ने गर्छ अनि यस वर्ष ५० वटा विभिन्न फल फूलका विरूवा लगाएका छन्।











