विम्बल्डन २०२६ः पुरुष एकलको फाइनलमा पुग्न सफल यानिक सिनर र अलेक्जेण्डर ज्वेरेव

IMG-20260711-WA0069

लण्डन: विम्बल्डन २०२६-को पुरुष एकलमा फाइनलिस्ट तय भएको छ। वर्तमान च्याम्पियन तथा विश्वका नम्बर १ खेलाड़ी यानिक सिनरले ७ पल्टका विम्बल्डन च्याम्पियन नोवाक जोकोविचलाई सीधा सेटमा पराजित गरी लगातार दोस्रो वर्ष फाइनलमा प्रवेश गरे। यसरी दोस्रो सेमिफाइनलमा जर्मनीका अलेक्जेण्डर ज्वेरेवले ब्रिटेनका वाइल्डकार्ड खेलाड़ी आर्थर फेरीको यादगार अभियानमा विराम लगाउँदै पहिलोपल्ट विम्बल्डनको फाइनलमा स्थान बनाए। अब आइतवार खेलिने फाइनलमा वर्तमान च्याम्पियन सिनर र फ्रेञ्च ओपन च्याम्पियन ज्वेरेवबीच भिड़न्त हुनेछ। पुरुष एकलको दोस्रो सेमिफाइनलमा शीर्ष वरीयता प्राप्त इटलीका सिनरले सर्बियाई दिग्गज जोकोविचलाई ६-४, ६-४, ६-४-ले पराजित गरे। पूरा म्याचमा सिनरले आक्रामक खेल देखाए अनि जोकोविचलाई पुनरागमन गर्ने कुनै मौका दिएनन्। यो जीत सिनरको निम्ति खास रह्यो कारण यस साल अष्ट्रेलियन ओपनको सेमिफाइनलमा जोकोविचले उनलाई ५ सेटको म्याचमा पराजित गरेका थिए। सिनरले पनि त्यस हारको हिसाब चुक्ता गर्दै विम्बल्डनको फाइनलमा प्रवेश गरे। यस हारको साथै ३९ वर्षीय जोकोविचले रेकर्ड २५औं ग्राण्ड स्ल्याम एकल खिताब जित्ने सपना भताभुंगै भयो। यसरी सिनरले फ्रेञ्च ओपनको निराशाजनक प्रदर्शनपछि उनी सम्पूर्ण रूपले फिट अनि लगातार दोस्रोपल्ट विम्बल्डनको खिताब जित्न तयार रहेको साबित गरेका छन्।
यसअघि पहिलो सेमिफाइनलमा दोस्रो वरीयता प्राप्त खेलाड़ी ज्वेरेवले घरेलु दर्शकहरूका फेवरेट ब्रिटिश खेलाड़ी आर्थर फेरीलाई ७-६ (०), ६-२, ६-४-ले पराजित गरी पहिलोपल्ट विम्बल्डन फाइनलमा प्रवेश गरे। म्याचको पहिलो सेट रोमाञ्चक रह्यो अनि फेरीले लड़ाकू प्रदर्शन गर्दै सेटलाई टाईब्रेकरसम्म पुऱ्याए। टाईब्ररेकरमा चाहिँ ज्वेरेवले ७-०-ले सजिलै जीत हासिल गरे। त्यसपछि दोस्रो र तेस्रो सेटमा ज्वेरेवले आफ्नो शक्तिशाली सर्विस र आक्रामक ग्राउण्ड स्ट्रोक्सको दममा विपक्षी खेलाड़ीलाई कुनै मौका दिएनन्। यसरी जर्मन खेलाड़ीले २ घण्टा १४ मिनटमा म्याच जिते। २९ वर्षीय ज्वेरेवले गत महिना फ्रेञ्च ओपनको रूपमा आफ्नो करियरको पहिलो ग्राण्ड स्ल्याम खिताब जितेका थिए। अहिले उनी लगातार दोस्रो ग्राण्ड स्ल्याम खिताब जित्ने प्रयासमा जुटेका छन्। उनी विम्बल्डनको फाइनलमा पुग्ने जर्मनीका तेस्रो पुरुष खेलाड़ी बनेका छन्। उनीभन्दा अघि बोरिस बेकर र माइकल स्टिचले यस उपलब्धिलाई हासिल गरेका थिए। यस टुर्नामेण्टमा ज्वेरेवले केवल एक सेट गुमाएका छन् अनि सोमवार जारी हुने एटीपी ऱ्याङकिंगमा उनी फेरि विश्वका नम्बर २ खेलाड़ी बन्नेछन्। यसरी आइतवार खिताब जित्न सके उनी ओपन एरामा एकै सीजनमा फ्रेञ्च ओपन र विम्बल्डनको खिताब जित्ने केवल सातौं खेलाड़ी बन्नेछन्।

About Author

Advertisement