खरसाङ: खरसाङका कवि एवं गीतकार बालकृष्ण थामीद्वारा लिखित गीत संग्रह ‘कसको माया कसको मोह’ प्रकाशित गरिदिने चेली आशा प्रधानलाई गीतकार बालकृष्ण थामी र उनको परिवारको तर्फबाट सम्मान जनाइएको छ। गीतकार बालकृष्ण थामीद्वारा लिखित गीत संग्रह ‘कसको माया कसको मोह’ २०२१ मा प्रकाशित भएको थियो भने उनको उक्त गीत संग्रह आशा प्रधानले प्रकाशित गरिदिएकी थिइन् त तेतिबेला उनी लण्डनमा थिइन्। अहिले उनी खरसाङ आएकी समय आशा प्रधानलाई खदार्पणसहित सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ।

उनलाई यस अवसरमा उनलाई गीतकारकी पत्नी पूर्णिमा थामीकी बाहुलीबाट खदार्पणसहित गीतकार बालकृष्ण थामीको बाहुलीबाट सम्मान पत्र प्रदान गरिएको छ। यस सम्मान कार्यक्रमलाई गीतकार बालकृष्ण थामीद्वारा सञ्चालन गरिएको थियो भने खरसाङका गायक संगीतकारहरु क्रमैले महेश्वर लामा, सहदेव चामलिङ, राजु सुन्दास र सुरेन ठकुरीले वक्तव्य राखेका थिए। गीतकार एंव संगीतकारहरुले आफ्नो सम्बोधनमा आशा प्रधानले गीत संग्रह प्रकाशित गरिदिएर गीत संगीतको संरक्षण गरेको बताएका छन्। उनीहरुले कसको माया कसको मोह’ गीतले गायक महेश सेवा, संगीतकार राजु सुन्दास, संगीतकार रुपेस रसाइली र गीतकार बालकृष्ण थामीलाई पनि माथि उठाएर चर्चित बनाएको कुरा बताएका छन्।
यसको साथै सम्मानित व्यक्तित्व आशा प्रधानले आफ्नो सम्बोधनमा गीतकार एंव कवि बालकृष्ण थामी एकजना गाउँको दाजु रहेको र आफ्नो आईडल रहेको बताउँदै उनको गीत संग्रह प्रकाशित गर्न पाउनु गर्व लागेको बताएकी छन्। उल्लेखनीय छ बालकृष्ण थामीद्वारा लिखित गीत ‘कसको माया कसको मोह’ निक्कै चर्चित गीत हो जसलाई स्वर गायक महेश सेवाले दिएका छन् भने संगीत राजु सुन्दास र संगीत संयोजन रुपेस रसाइलीले गरेका थिए। यस सम्मान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गीतकार बालकृष्ण थामीले आफ्नो गीत संग्रह ‘कसको माया कसको मोह’ लाई प्रकाशित गरिदिएकी प्रकाशिका आशा प्रधानलाई सम्मान गर्न पाएर खुशी लागेको बताएका छन्। उनले गाउँकी एकजना चेलीले गाउँको दाजुको गीत संग्रह प्रकाशित गरिदिएर ठूलो गुण लगाएकी र लेखकहरुलाई हौसला दिएको भन्दै आज सम्म जनाउन पाएर खुशी लागेको बताएका छन्।









