सिलगढी: “भोरर आलो थाना अन्तर्गतको गजोलडोबा पुलिस चौकीले सरदार वल्लभभाइ पटेलको १५०औँ जन्मजयन्तीको अवसरमा मिलनपल्ली प्राथमिक विद्यालयको खेलमैदानमा एक लागुऔषध विरुद्धको सचेतना कार्यक्रम र नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
यो कार्यक्रम ‘होप रिहैबिलिटेशन एनजीओ’ र ‘देसन अस्पताल
सँगको सहकार्यमा सम्पन्न भएको हो। यसको मुख्य उद्देश्य लागुऔषध दुर्व्यसनीको हानिकारक प्रभावहरूबारे सचेतना फैलाउनु, स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु र स्थानीय समुदायलाई नि:शुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नु थियो।









