स्वतन्त्रता दिवस फूटबल अनि म्याराथान दौड प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा

2098ca06-e581-4943-b53e-f7ac77c0554c

खरसाङ: ८०औं स्वतन्त्रता दिवस फूटबल अनि म्याराथान दौड प्रतियोगिता विषयलाई लिएर शुक्रवार खरसाङ महकुमा खेलकुद संघको एउटा महत्वपूर्ण सभा संघको कार्यालयमा संघका अध्यक्ष मोहन योञ्ज़नको अध्यक्ष्यतामा सम्पन्न भयो। सभालाई संघका सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। उनले विगत वर्षहरुमा संघ अनि संघका कर्मठ सदस्यहरुले भोग्नु परेको आर्थिक समस्याहरु उल्लेख गर्दै त्यस विषम परिस्थितिमा पनि हामीले १९६० सालदेखि चल्दै आएको यस परम्परालाई यथावत राख्न सकेको भनी बताउँदै यस वर्ष पनि यसलाई आयोजना गर्नु पर्ने कुरोमा जोड दिए। तिनले सभालाई गत दिन सम्पन्न ८०औ स्वतन्त्रता दिवस आयोजन समितिको बैठकमा हाम्रो यस समस्यालाई उनीहरु अघि स्पष्ट राखीदिएको अनि यसपल्ट विगत वर्षहरु झैँ संघले सायद आर्थिक समस्या तेती भोग्नु नपर्ने भनी आश्वासन पनि दिएका‌ छन्। त्यसैको आधारमा सभाले सर्व सम्मतिले यी दुई खेलहरु स्वतन्त्रता दिवस फूटबल अनि म्याराथान दौड प्रतियोगिता आयोजना गर्ने निर्णय लिइयो जसमा यस वर्षदेखि महिला अनि पुरुष वर्गका विजेताहरुको विजयी पारितोषिक नगद राशिमा पनि वृद्धि गरेको छ।
यस वर्ष यी दुवै वर्गका बिजेताहरुले आकर्षक ट्रफी अनि मेडलको साथ् क्रमशः २० हजार, १० हजार अनि ५ हजार रुपियाँ नगद राशि पाउनेछन भने चौथो स्थानदेखि १०औ स्थानमा आउने प्रतियोगीहरुले पनि मेडल अनि प्रमाण पत्रको साथमा एक हजार पाउने छन्। यसको साथै प्रत्येक प्रतियोगीहरुलाई आयोजक समितिको तर्फबाट मेडल, टि शर्ट, प्रमाण पत्र, कोल्ड ड्रिंक्स, दूध, फलफूल इत्यादि दिइने छ।‌ यसमा भाग लिने इच्छुक प्रतियोगीहरुले पंजीकरण शुल्क रु छ सय बुझाउनु पर्नेछ। जसलाई अनलाइन अनि ऑफ़ लाइन प्रक्रिया मार्फत बुझाउनु सकिने छ। उसरी नै ८०औ स्वतन्त्रता दिवस फूटबलमा भाग लिने इच्छुक क्लब, स्कूल आदिले आगामी ३१ जुलाईभित्र आ आफ्नो नाम दर्ता गराई सक्नु पर्ने संघका महा सचिव निर्मल गुरुङले जानकारी दिएका छन्। ज्ञात रहोस् प्रति वर्ष यी दुई खेल प्रतियोगिताहरु स्वतन्त्रता दिवस आयोजन समिति अनि खरसाङ महकुमा खेलकुद संघले संयुक्त रुपमा गर्ने गर्छन्।

About Author

Advertisement