ला लीगाः रियल म्याड्रिडले जिते पनि एट्लेटिको म्याड्रिडको ड्र

IMG-20221020-WA0100.jpg

२० अक्टोबरः रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबलमा आफ्नो अजेय अभियान जारी राख्दै अझ एउटा जीत हासिल गऱ्यो। यसबीच एट्लेटिको म्याड्रिड चाहिँ ड्र-मा रोकियो। रियल म्याड्रिडले बुधवार राति खेलिएको म्याचमा एल्चे विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडबाट फेडेरिको भाल्भर्देले ११औं मिनटमा गोलको खाता खोले। त्यसपछि अनुभवी करीम बेञ्जेमाले ७५औं र मार्को असेन्सिओले ८९औं मिनटमा अझ २ गोल गरी रियललाई सजिलै विजयी बनाए।

यस एकतर्फी जीतको साथ रियलले १० वटा म्याचमा २८ पोइण्टको साथ ला लीगा टेबलमा आफ्नो शीर्ष स्थानलाई अझ दह्रिलो बनायो। रियलसँग अहिले दोस्रो स्थानमा रहने बार्सिलोना (९ वटा म्याच) भन्दा ६ पोइण्ट धेर रहेको छ। एल्चे चाहिँ ३ पोइण्टको साथ टेबलको फेदमा रहेको छ।
रियल म्याड्रिडले जिते पनि एट्लेटिको म्याड्रिड चाहिँ रायो भालेकानो विरुद्ध १-१-को ड्र-मा अल्झियो। आफ्नो होम ग्राउण्ड मेट्रोपोलिटानो स्टेडियममा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिड अल्भारो मोराटाले २०औं मिनटमा दिलाएको गोलको सहायताले लगभग अन्तिम क्षणसम्म अघि रहेको थियो। यसबीच राडामेल फालकाओले स्टपेज टाइमको दोस्रो मिनटमा पेनल्टीबाट गोल गरी रायो भालेकानोलाई १-१-को बराबरीमा पुऱ्याए। एट्लेटिक म्याड्रिड अहिले १० वटा म्याचमा २० पोइण्टको साथ चौथो स्थानमा रहेको छ। यसरी नै दशौं स्थानमा रहने रायो भालेकानोसँग १२ पोइण्ट रहेको छ। ला लीगाको शीर्ष पाँचमा सामेल अन्य दुईवटा टीममा रियल सोसिएदादले आफ्नो म्याच जिते पनि रियल बेटिस चाहिँ ड्र-मा रोकियो। रियल सोसिएदादले मालोर्कालाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल मिकेल मेरिनोले चौथो मिनटमा छिराए। यसरी नै रियल बेटिस र काडिजबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

म्याचमा रियल बेटिसका खेलाड़ी सर्जियो कानालेसलाई रातो कार्ड देखाइयो। रियल सोसिएदाद अहिले १० वटा म्याचमा २२ पोइण्टको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ। यसरी नै पाँचौं स्थानमा रहने रियल बेटिससँग २० पोइण्ट रहेको छ। भाल्लाडोलिडले सेल्टा विगोलाई ४-१-ले पराजित गऱ्यो। यसबाहेक गेटाफे र एथलेटिक क्लबबीचको म्याच २-२-ले अनि सेविले र भेलेन्सियाबीचको म्याच १-१-ले ड्र रह्यो। एथलेटिक क्लब अहिले १८ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement