अमेरिकी राष्ट्रपति र तुर्कीबीच बढ्दो सामीप्यताले इजरायल चिन्तित

296cb591-188c-44eb-82a5-b5a2d499d93c

क्षेत्रीय शक्ति सन्तुलन बिग्रने विज्ञहरूको चेतावनी

नयाँ दिल्ली: ​अमेरिकी विदेश नीतिमा तुर्कीको पक्षमा देखिएको स्पष्ट झुकाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई लिएर इजरायलभित्र गम्भीर चिन्ता र संशय उत्पन्न भएको छ। हालै अङ्कारामा सम्पन्न नाटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनबीचको बढ्दो सामीप्यता र तुर्कीलाई पुनः अत्याधुनिक अत्याधुनिक हतियारहरू उपलब्ध गराउने ट्रम्पको सकारात्मक दृष्टिकोणले इजरायली सञ्चारमाध्यम र राजनीतिक वृत्तमा हलचल पैदा गरेको हो। इजरायली सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले तुर्कीलाई विशेष गरी एफ–३५ जस्ता शक्तिशाली र अत्याधुनिक फाइटर जेटहरू उपलब्ध गराउने तयारी गरेपछि यसले मध्यपूर्वको समग्र शक्ति सन्तुलनलाई इजरायलको विपक्षमा धकेल्ने विश्लेषण गरिएको छ। इजरायलका भूराजनीतिक विज्ञहरूले यो नयाँ परिस्थिति इजरायलको दीर्घकालीन सुरक्षा र रणनीतिक स्वार्थका लागि अत्यन्तै हानिकारक सावित हुन सक्ने चेतावनी दिएका छन्।
​पछिल्लो समय इजरायलको आन्तरिक सुरक्षा र कूटनीतिक विश्लेषणहरूमा राष्ट्रपति अर्दोआनको नेतृत्वमा रहेको तुर्कीलाई अब एक सामान्य छिमेकी मात्र नभएर एक गम्भीर रणनीतिक ‘खतरा’ का रूपमा हेर्न थालिएको छ। अमेरिका र इजरायलबीचको ऐतिहासिक रक्षा सम्बन्ध बलियो रहे पनि ट्रम्पले तुर्कीसँग बढाएको घनिष्ठताले इजरायलको क्षेत्रीय सैन्य श्रेष्ठतालाई चुनौती दिने देखिन्छ। यो चिन्ता त्यस्तो समयमा आएको हो, जब मध्यपूर्वमा इरान र इजरायलबीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ र अमेरिकाले इरानका विभिन्न ठेगानाहरूमा हवाई आक्रमण गरिरहेको छ। अमेरिकी नीतिमा आएको यो नाटकीय परिवर्तनले इजरायललाई आफ्ना पुराना रणनीतिक साझेदारहरूको भरपर्दोपनमाथि पुनर्विचार गर्न बाध्य बनाएको छ।

About Author

Advertisement