मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट १२ नोभेम्बरदेखि

IMG-20221020-WA0082.jpg

२० अक्टोबरः सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आउँदो १२ नोभेम्बरदेखि मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-२३-को आयोजन गरिनेछ। सौरनी बस्ती घुमाउने टार खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई प्रवेश दिइनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्। अधिक जानकारीको निम्ति निम्न उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिनेछः
९८३२१४७१९६, ८३९१८८१५७५, ९७३३२२१४१८, ८६३७०४२१२९

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement