मुख्यमन्त्री विरुद्ध अमर्यादित टिप्पणी गरेको आरोपमा कक्षा ११ का विद्यार्थी पक्राउ

1783514234_student-arrest-1

सिलगढी: पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी र उनकी आमाविरुद्ध सामाजिक सञ्जालको ‘रिल’ भिडियोमा अमर्यादित टिप्पणी गरेको आरोपमा सिलगढीका कक्षा ११ मा अध्ययनरत एक छात्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्ना साथीहरूसँग भिडियो रेकर्ड गर्ने क्रममा ती छात्रले आपत्तिजनक शब्द प्रयोग गरेको र उक्त भिडियो भाइरल भएपछि स्थानीय क्षेत्रमा तनाव सिर्जना भएको थियो।
​भिडियो सार्वजनिक भएपछि आक्रोशित स्थानीय बासिन्दा र भाजपा समर्थकहरूले ती छात्रको घरबाहिर प्रदर्शन गर्दै हुलदङ्गा र हातपात समेत गरेका थिए। स्थिति तनावग्रस्त बनेपछि एनजेपी थानाको प्रहरी टोलीले घटनास्थलमा पुगेर ती छात्रलाई उद्धार गरी थाना पुर्‍याएको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधबार उनलाई बाल अदालत (जुवेनाइल कोर्ट) मा पेस गरेको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।

About Author

Advertisement