ब्राजिलमा भारी वर्षाले आएको बाढीमा ३७ को मृत्यु

Brazil

भारी वर्षाका कारण आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको मृत्यु भएको छ। उत्तरी ब्राजिलको रेसिफ शहर र त्यस वरपर भारी वर्षाले ती नागरिकहरुको ज्यान गएको त्यहाँका अधिकारीहरुले बताएका छन्। ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो। अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित भएका छन्। सो राज्यमा दुईजनाको वर्षाका कारण ज्यान गएको बताइएको छ। रेसिफ शहरको नजिकै गएको पैह्रोमा परेर शनिबार मात्र २० जनाको शनिबार ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्। उक्त शहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनाउन भनिएको समाचारमा जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement