गान्तोक: सिक्किम भ्रमणको निम्ति मेघालय विद्युत नियामक आयोगका अध्यक्ष पी. डब्ल्यू इङग्टी अनि पश्चिम बंगाल विद्युत नियामक आयोगका अध्यक्ष डा. मालेला वेंकटेश्वर राव गान्तोक आइपुगे। यसरी नै ओडिसा विद्युत नियामक आयोगका अध्यक्ष गजेन्द्र महापात्रा, ओडिसा विद्युत नियामक आयोगका सदस्य एस.के. राय, सचिव पटनायक, संयुक्त निदेशक अजय साहु पनि गान्तोक आइपुगिसकेका छन्। सिक्किम राज्य विद्युत नियामक आयोगद्वारा २० अक्टोबरदेखि २१ अक्टोबरसम्म आयोजित पूर्व अनि पूर्वोत्तर राज्यहरूको निम्ति १५औं नियामक फोरममा उनीहरूले सहभागिता जनाउनेछन्। यसअघि उनीहरू बिहान सिलगड़ीस्थित बाघडुग्रा विमानस्थलमा उत्रिएका थिए। उनीहरूलाई बाघडुग्रा विमानस्थलमा संयुक्त निदेशक जिग्मी डब्ल्यू भोटिया, एडी पी.एन. ग्यान्सापा लगायत अन्य अधिकारीहरूले स्वागत जनाएका थिए।









