सूचना एव जनसम्पर्क विभागद्वारा प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20221019-WA0264.jpg

गान्तोक: राज्यको सूचना एवम जनसम्पर्क विभागले आज विभागमा कार्यरत अधिकारीहरूलाई लिएर एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गऱ्यो। सिक्किम सरकार सर्विस कन्डक्ट रूल्स १९८१ र वित्त निमय १९७९ अन्तर्गत आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा स्रोतवक्ताकोरूपमा खाद्य एवम नागरिक आपूर्ति विभागकी उपसचिव त्रिप्ति हाङमा सुब्बा र पर्यटन विभागका निर्देशक बिनोद शर्मा रहेका थिए। आजको यस प्रशिक्षण कार्यक्रममा विभागका कूल ४० जना अधिकारी साथै कर्मचारीहरले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विभागकी सचिव सिफोरा तार्गेनले ज्ञान नै शक्ति रहेको बताउँदै आफ्नो कर्तव्य इमान्दारपूर्वक पुरा गर्नुपर्ने आग्रह गरिन्।आजको यस प्रशिक्षण कार्यक्रमले सहभागीहरूलाई अघि बढनमा थप सहयोग पुग्न सक्ने उनले सम्भावना व्यक्त गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *