सिएटल: बेल्जियमले प्रभावशाली प्रदर्शनको क्रम जारी राख्दै फिफा वर्ल्ड कप २०२६-को क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। मंगलवार बिहान खेलिएको राउण्ड अफ १६-को म्याचमा बेल्जियमले सह-आयोजक अमेरिकालाई ४-१-ले पिट्यो। अमेरिकाको हारसँगै फिफा वर्ल्ड कप २०२६-को सबै सह-आयोजक टीमहरूको अभियामा विराम लाग्यो। क्यानाडा र मेक्सिकोले अगावै टुर्नामेण्टबाट बिदा लिएको छ। सिएटल स्टेडियममा खेलिएको म्याचमा शुरुदेखि अन्तसम्मै बेल्जियमको वर्चस्व रह्यो अनि रेड डेविल्सले सह-आयोजक टीमलाई म्याचमा फर्किने कुनै मौका दिएन। क्वार्टर फाइनलमा बेल्जियमको भिड़न्त स्पेनसँग हुनेछ। म्याचमा ४३ प्रतिशत पोजेशनको साथ खेल्ने बेल्जियमको शुरुवात असाधारण रह्यो। चार्ल्स डी काटेलाराले नवौं मिनटमा गोल गरी बेल्जियमलाई बढ़त दिलाए। त्यसपछि अमेरिकाले पनि चाँड़ै बराबरी हासिल गऱ्यो। मलिक टिलमेनले ३१औं मिनटमा फ्री किकबाट गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए तर अमेरिकी टीमको खुशीयाली अधिक समयसम्म कायम रहन सकेन। केवल २ मिनटपछि डी काटेलाराले व्यक्तिगत दोस्रो गोलको साथ बेल्जियमलाई फेरि बढ़त दिलाए। मध्यान्तरसम्म २-१-ले अघि रहने बेल्जियमले दोस्रो हाफमा पनि सकारात्मक शुरुवात गऱ्यो। अमेरिकी गोलकीपरको गल्तीको फाइदा उठाउँदै हान्स वनाकेनले लामी दूरीबाट गोल गरी अमेरिकाको चुनौतीलाई लगभग समाप्त गरे। अन्तमा इञ्ज्युरी टाइमको तेस्रो मिनटमा दिग्गज फरवर्ड रोमेलु लुकाकुले टीमको निम्ति चौथो गोल गरी बेल्जियमको जीत सुनिश्चित गरे। बेल्जियमले पूरा म्याचमा संगठित र आत्मविश्वासले भरिएको प्रदर्शन गऱ्यो। म्याचमा अमेरिकाले पनि केही असल मौकाहरू हासिल गरेको थियो तर खराब फीनिशिंगले गर्दा टीमले गोलको संख्या बढ़ाउन सकेन।








