वर्ल्ड कपमा अभियान समाप्त भएपछि सन्न्यास लिनमा हतार गर्न चाहँदैनन् रोनाल्डो

IMG-20260707-WA0059

डलास: फिफा वर्ल्ड कप २०२६-को राउण्ड अफ १६-मा स्पेनविरुद्ध हारको साथ पोर्तुगलको अभियान समाप्त भयो। यस हारले करोड़ौं फूटबल प्रशंसकहरूलाई निराश गऱ्यो तर सर्वाधिक चर्चा क्रिस्टियानो रोनाल्डोलाई लिएर रह्यो। ४१ वर्षीय फूटबलले अगावै यो उनको करियरको अन्तिम वर्ल्ड कप हुने घोषणा गरेका थिए। यसबीच टुर्नामेण्टबाट बाहिर भएपछि उनले अहिले नै अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिने फसेला नगर्ने बताए। स्पेनविरुद्ध हारपछि रोनाल्डोलाई भावुक देखियो। उनले भने, वर्ल्ड कपबाट यसरी बाहिर हुनु दुःखद कुरा हो। मैले आफ्नो सर्वश्रेष्ठ प्रयास गरे। म सम्पूर्ण रूपले सन्तुष्ट छु कारण मैले कुनै कमी छोड़िनँ। हो, यो मेरो अन्तिम वर्ल्ड कप हो तर अब मसँग सोच्ने अनि आफ्नो परिवारसँग समय बिताउने मौका रहेको छ। म कुनै पनि फसेला हतारमा गर्दिनँ। म कहिले पनि भावनाहरूमा बहेर फसेला लिदिनँ। आफ्नो अन्तर्राष्ट्रिय करियरलाई याद गर्दै रोनाल्डोले पोर्तुगलको निम्ति हासिल गरेको सफलताहरूको पनि उल्लेख गरे। उनले भने, मैले पोर्तुगलको निम्ति तीनवटा ठूलो खिताब जिते। क्रिस्टियानो रोनाल्डोभन्दा अघि पोर्तुगलले एउटा खिताब पनि जितेको थिएन। राष्ट्रिय टीमको सबैभन्दा ठूलो खिताब २०१६-को यूरोपियन च्याम्पियनशीप रह्यो अनि वास्तवमा त्यो खिताब मेरो निम्ति वर्ल्ड कप जित्नु जत्तिकै ठूलो उपलब्धि हो। उल्लेखनीय छ, पोर्तुगलले रोनाल्डोकै कप्तानीमा २०१६ यूरोपियन च्याम्पियनशीप जितेको थियो। यसबाहेक पोर्तुगलले २०१९ र २०२५-मा यूएफा नेशन्स लीगको खिताब पनि जितेको थियो। यस बयानले २०२८-मा ईंग्ल्याण्ड र आयरल्याण्डमा हुने यूरो कपमा रोनाल्डोले खेल्न सक्ने संकेत प्राप्त भएको छ। वर्ल्ड कपबाट बाहिर भएको तुरन्त पछि पोर्तुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिए। रोनाल्डोले यस फसेलाको समर्थन गर्दै भने, मलाई उनीसँग काम गरेर राम्रो लाग्यो। उनी दिग्गज प्रशिक्षक र असाधारण मानिस हुन्। उनले पोर्तुगलको निम्ति जे पनि गरे, त्यसको सराहना हुनु पर्छ। म उनलाई धन्यवाद अनि भविष्यको निम्ति शुभकामना दिन चाहन्छु। रोनाल्डोले अझ भने, कुनै ठूलो टुर्नामेण्टबाट बाहिर हुनु सदा दुःखद हुन्छ। यो वर्ल्ड कप थियो अनि हाम्रो टीममा लगातार सुधार आएको छ। मेरो विचारमा टीमले असल खेल देखायो। म्याच कुनै पनि तर्फ जान सक्थ्यो अनि फूटबल खेल यस्तै हुन्छ। अब आफूलाई सम्हाले हामी अघि बढ़नु पर्नेछ। उल्लेखनीय छ, यस हारको साथ रोनाल्डोको वर्ल्ड कप जित्ने सपना सदाको निम्ति अधुरो रह्यो।

About Author

Advertisement