बिरस्पति परसाँइ विद्यालयको तीन दिवसीय ७५औं स्थापना दिवसको समापन

IMG-20221019-WA0263.jpg

गान्तोक: ब़िरस्पति परसाँई सरकारी उच्चतर माध्यमिक पाठशालाको ७५औं स्थापनाको तीन दिवयी कार्यक्रमको आज समापन भयो। आज समापन कार्यक्रममा मुख्य अतिथिको रुपमा भवन तथा आवास विभागीय मन्त्री सञ्जित खरेल मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा सांसद इन्द्रहाङ सुब्बा, विधायक सोनाम भेञ्जोङपमा अनि विधायक केएस लेप्चा लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा पाठशालाका प्रथम शिक्षक पण्डित जयदेव न्यौपानेका परिवारपक्ष, वेतन विहीन पाठशालामा शिक्षा दिइरहेको शिक्षक एनबी प्रसाईका परिवारलाई अनि पाठशालालाई शैक्षिक अनि अन्य क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तिहरूलाई सम्मान जनाइयो। यस अवसरमा विद्यालयका प्रधान आचार्य सन्ध्या शर्माले पाठशालाको वार्षिक रिपोर्ट प्रस्तुत गरेकी थिइन्। आज समापन दिनको कार्यक्रममा विद्यार्थीवर्ग, सिक्किम आइडलका प्रतियोगी लगायत सारेगमापाका प्रतियोगी सेवन्ना राईले गीत गाएर मनोरञ्जन दिलाए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सञ्जित खरेलले जीवनको सबैभन्दा महत्वपूर्ण समय विद्यार्थी रहेको बताउँदै यो समयको भरपुर लाभ उठाउने आग्रह गरे। भोलिको समाजको कर्णधारहरू नै विद्यार्थीहरू रहेको हुँदा यो समयमा आफूलाई भोलिको उज्जवल युवा बन्ने आग्रह गरे। शिक्षक- शिक्षिकाहरूको हरेक कुरालाई शिरोपर गरेर शिक्षा आर्जन गर्ने पनि आग्रह सुझाउ दिए। बृहस्पती स्कूल सिक्किममानै प्रतिष्ठित रहेको हुँदा यो विद्यालयलाई अझ उत्कृष्ट बनाउन सरकारले भावी दिनमा धेरै कार्य गर्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *