एसएसबीद्वारा तीन दिवसीय प्रदर्शनी कार्यक्रम आयोजित

IMG-20221019-WA0262.jpg

गान्तोक: भारत सरकारको सूचना प्रसारण मन्त्रालय केन्द्रीय सञ्चार ब्यूरो, गुवाहाटी एव सशस्त्र सीमा बल ३६ औं वाहिनी (एसएसबी), गेजिङको सहकार्यमा आज देखि २१ अक्टोबरसम्म गेजिङ जिल्ला अन्तर्गत क्योङसा खेलमैदानमा “आजादी का अमृत महोत्सव” र सांस्कृतिक कार्यक्रम सम्बन्धी तीन दिने प्रदर्शनी आयोजना गरेको छ। प्रेस सूचना ब्यूरोका महानिर्देशक र उत्तर पूर्व क्षेत्रको केन्द्रीय सञ्चार ब्यूरो, बी. नारायणन, आईआईएसले यस तीन दिने कार्यक्रमको उद्घाटन गरेका छन भने साथमा एसएसबीका डीआईजी बलवान् सिंह वरिष्ठ पुलिस अधिक्षक हरि छेत्री गेजिङ नगर पञ्चायतका सभापति देवेन्द्र शर्मा विभागीय जिल्ला अधिकारीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।कार्यक्रममा प्रदर्शनीमा जनसमुदायमा भारतीय स्वतन्त्रता आन्दोलनको बारेमा चेतना जगाउने उद्देश्यका साथ उत्तर पूर्व र बाँकी भारतका विभिन्न स्वतन्त्रता सेनानीहरूको फोटोहरू प्रदर्शनीको निम्ति राखिएको छ। कार्यक्रममा एसएसबीका विभिन्न उपलब्धिहरू पनि प्रदर्शन गर्दै तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा हतियार प्रदर्शनी, मेडिकल क्याम्प, फूड स्टल, फुटबल म्याच, कला प्रतियोगिता आदि समावेश रहेका छन्।

यस कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक बी नारायणन यो कार्यक्रमको मुख्य उदेश्य भनेको भारत स्वतन्त्रतामा बलिदान दिनेहरूको सम्झनासँगै देशले यो समय अवधिमा गरेको विकास प्रगतिको चिन्तन गर्दै उपलब्धिहरूका समिक्षा गर्नु रहेको बताए।उनले उपस्थित विधार्थीहरूलाई सम्बोधन गर्दै यहाँ विभिन्न चित्रहरूको प्रदर्शनी गरिएको छ भने त्यो अति नै प्रेरणादायक रहेको पनि उनले थप बताए।यसवाट विधार्थीहरूले जतिसक्दो लाभ लिइ दिने अनुरोध गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *