असम: लागूऔषधविरुद्ध पुलिसको ठूलो सफलता

FB_IMG_1783272824789

८ करोड मूल्यको ८० हजार याबा ट्याब्लेटसहित दुई पक्राउ

गुवाहाटी: लागूऔषध तस्करीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेको असम पुलिसले फेरि अर्को ठूलो सफलता हात पारेको छ। काछार पुलिस, हैलाकान्डी प्रहरी र असम राइफल्सको संयुक्त टोलीले झण्डै ८ करोड रुपैयाँ मूल्य बराबरको ८०,००० गोटा प्रतिबन्धित याबा ट्याब्लेट जफत गरेको छ।
​विशेष सूचनाका आधारमा ‘उत्तर पूर्वका पहरेदार’ मानिने असम राइफल्स र स्थानीय पुलिसले चलाएको संयुक्त अपरेसनका क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएको हो। तस्करीमा संलग्न रहेको आरोपमा सुरक्षाकर्मीले दुईजना अभियुक्तलाई समेत नियन्त्रणमा लिएको छ।

​”गुलाफ रातो हुन्छ, भायोलेट नीलो हुन्छ, ८०,००० ट्याब्लेट जफत, तिमीप्रति कुनै सहानुभूति छैन,” भन्दै असम पुलिसले सामाजिक सञ्जालमार्फत कानुनी कारबाहीप्रति आफ्नो दृढता व्यक्त गरेको छ। लागूऔषधमुक्त प्रदेश बनाउने अभियान अन्तर्गत सुरक्षा निकायले अवैध ओसारपसारविरुद्धको निगरानी र कारबाहीलाई थप तीव्र बनाएको छ।

About Author

Advertisement