फुवागढी उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरुद्वारा साइन्स सेन्टरमा शैक्षिक भ्रमण

 मिरिक: बुधबार फुवागढी उच्चत्तर माध्यमिक विद्यालयका छैटौं श्रेणीका विद्यार्थीहरुलाई सिलगढी मतिगढास्थित साइन्स सेन्टरको शैक्षिक भ्रमण साथै अवलोकन गराइयो। विद्यार्थीहरुलाई शैक्षिक पठनपाठन सितै भाषिक, सांस्कृतिक, खेलकुदलगायत समय समयमा शैक्षिक भ्रमण गराएर विभिन्न ठाउँको परिदर्शन गराएर विद्यार्थीहरुलाई दक्ष बनाउन विद्यालयले यसरी शैक्षिक भ्रमण गराउने गरेको छ। सोही क्रममा विद्यालयका छैटौं श्रेणीमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक भ्रमण साइन्स सेन्टरमा गराइयो। विद्यालयका ज्येष्ठ शिक्षक अरुण चन्द्र कुलुङ, चन्दन लामा अनि रोशन दियालीले विद्यार्थीहरुलाई साइन्स सेन्टरको परिदर्शण गराए।जहाँ विद्यार्थीहरुलाई लुप्त बन्यजन्तु, विज्ञान सम्बन्धि राखिएको सरसमाग्री साथै भूगोल सम्बन्धि वायुमण्डल, ग्रह तारा नक्षत्रहरुको झुन्डलगायतका दृश्यहरुलाई विद्यार्थीलाई अवलोकन गराइयो। विद्यालय हरेक वर्ष यसरी शैक्षिक भ्रमण गराउदै विद्यार्थीहरुलाई मनोरञ्जन साथै ज्ञानको कुराहरु सिक्ने हेर्ने अनि अवलोकन गराउने दिशामा अग्रसर बन्नेछ भनी जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *