प्लास्टिकमुक्त समाज निर्माणको अभियानमा मेक् अफ मरमा

IMG_20221019_234035.jpg

मिरिक: मेक् अफ मरमा गैरसरकारी संस्थाले प्लास्टिकमुक्त समाजको निर्माण अनि स्वच्छ वातावरणका लागि सक्रिय रुपमा अगाडि बढेको छ। यसै वर्षको जुन महिनामा मरका सचेत युवाहरु मिलेर गठन गरिएको यस संस्थाले आज धेरै समाज सुधारका लागि कार्य गरिरहेको छ। संस्थाले स्वच्छ अनि प्लास्टिकमुक्त समाज बनाएर एउटा मोडल भिलेजको रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ। गाउँलाई मेघालय राज्यको म्याउलिङ भिलेजको रुपमा स्थापित गर्ने भएको छ। यस् मेक् अफ मरमा गैरसरकारी समाजीक संस्थाका अध्यक्ष कपिल राई सचिव निवास सुब्बाले बताएअनुसार गाउँमा सफा राख्ने गाउँमा ग्रामीण पर्यटन विकास गर्ने इको फ्रेन्डली बनाउन लागि परेको बताएका छन्। दुवैले बताएअनुसार प्लास्टिकको प्रयोग नगरेर अब स्थानीय क्षेत्रमा हुने पातको टपरीको प्रयोग गर्ने अनि काष्ठकला हस्तकलाका लागि गाउँमा सबैलाई अनुरोध गर्दै दैनिक प्रयोग गरिने सर समानहरु गाउँमा आफैले उत्पादन गर्न सकिए आय स्रोतको माध्यम पनि बनिने छ भन्दै स्व रोजगारका लागि अगाडि बड्न सकिए धेरै हुने पनि बताएका छन्। मरमा चियाकमान क्षेत्र रहेकोले यहाँको हरियाली चियाकमान ब्रिट्रिस कालिन रोपवे साथै बालासन खोलाको पर्यटन केन्द्र आज ग्रामीण पर्यटनको क्षेत्रमा विकसित गर्ण संस्थाले कार्य गर्ने पनि बताएका छन्। यो मेक् अफ मरमाले धेरै वटा समाजीक कार्यहरु गर्ने लक्ष्य राखेको जानकारी संस्था सदस्य विजेन्द्र सेवाले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *