मल्लिकार्जुन खड़गे कङ्ग्रेसको नयाँ अध्यक्ष

200572-mallikarjun-kharge.jpeg

नयाँ दिल्ली: वरिष्ठ नेता मल्लिकार्जुन खड़गेले कङ्ग्रेसको अध्यक्ष पदको चुनाउ जितेका छन्। उनले आफ्नो प्रतिद्वन्दी शशि थरूरलाई आठ गुना धेर मतले पराजित गरे। गत २४ वर्षमा पहिलोपल्ट कोही गान्धी परिवारदेखि बाहिरका व्यक्ति अध्यक्ष बनेका छन्।
कङ्ग्रेस अध्यक्ष पदको निम्ति १७ अक्टोबरमा दिल्लीसहित देशभरि पार्टी कार्यालयहरूमा मतदान भएको थियो। आज भएको मतगणनामा मल्लिकार्जुन खड़गेलाई ७८९७ र शशि थरूरलाई १०७२ मत प्राप्त भयो। ४१६ मत अमान्य घोषित गरियो।
कङ्ग्रेसको केन्द्रिय चुनाउ प्राधिकरणका प्रमुख मधुसूदन मिस्रीले मतगणनापछि प्ररिणामहरूको जानकारी गराउॅंदै खड़गे अध्यक्ष निर्वाचित बनेको घोषणा गरे। उनले भने, कुल ९३८५ मतको गणना गरियो। खड़गेको जितपछि पार्टी मुख्यालयमा खुशीको माहोल छ। शशि थरूरले पनि मल्लिकार्जुनलाई जितको बधाई दिएका छन्। उनले आजदेखि पार्टीको पुनरूत्थान शुरू भएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *