आमिर खानको फिल्म ‘लालसिंह चड्ढा’को ट्रेलर रिलिज

Lal-Singh-Chadda-2

मुम्बई: बलिउडका मिस्टर परफेक्शनिस्ट भनिने अभिनेता आमिर खान आफ्नो आउँदो फिल्म लालसिंह चड्ढालाई लिएर लामो समयदेखि चर्चामा छन्। लामो समयदेखि यो अभिनेताको फिल्म रिलिजको लागि दर्शक उत्सुकताका साथ पर्खिरहेका छन्। यसैबीच निर्माण पक्षले फिल्मको उत्सुक दर्शकका लागि फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। आइतबार अहमदाबादमा भइरहेको आईपीएलको फाइनल खेलका क्रममा आमिर खान र करिना कपूर स्टारर फिल्मको बहुप्रतिक्षित ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक भएको फिल्मको ट्रेलरमा आमिर खान बाल्यकालदेखि नै अन्य बालबालिकाभन्दा फरक बालकको भूमिकामा देखिएका छन्l तर उनकी आमाले उनलाई सधैं हौसला प्रदान गर्दै अगाडि बढ्न हौसला दिइरहकी छन्। त्यसै क्रममा करीना कपुर रुपाको चरित्रमा फरक अवतारमा देखिएकी थिइन्। उल्लेखनीय छ, यो फिल्ममा लालसिंह चड्डा भारतीय इतिहासका महत्वपूर्ण घटनाहरू जस्तै आपतकाल १९८३ क्रिकेट विश्वकप, अपरेशन ब्लू स्टार, रथयात्रा र १९९९ को कारगिल युद्ध आदि देखाइनेछ। यो फिल्म ओस्कर विजेता अमेरिकी नाटक फोरेस्ट गम्प (१९९४) को रिमेक हो। अभिनेताले शनिबार भिडियो सार्वजनिक गर्दै आईपीएल २०२२ को फाइनलमा ‘लाल सिंह चड्ढा’ को ट्रेलर सार्वजनिक गरिने जानकारी दिएका थिए। यसबाहेक फिल्ममा मुख्य भूमिकामा देखिने अभिनेत्री करिना कपुरले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै फिल्मको ट्रेलर रिलिजको जानकारी दिएकी छिन्। फिल्म लालसिंह चड्डाको बारेमा कुरा गर्दा यो फिल्म हलिउड फिल्म फरेस्ट गम्पको आधिकारिक हिन्दी रिमेक हो। यस फिल्ममा आमिर फेरि एकपटक आफ्ना थ्री इडियट्स को-स्टार करिना कपूर खान र मोना सिंहसँग देखिनेछन्। नागार्जुनका छोरा नागा चैतन्य यही फिल्मबाट बलिउडमा डेब्यु गर्दैछन्। चलचित्र अगस्ट ११ मा हलमा रिलिज हुने तयारीमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement