टिस्टा क्यानलबाट एकजना शिशुको मृतदेह गरियो उद्धार

rjp_290519_baby1.jpg

सिलगढी: फुलबारीको टिस्टा क्यानलबाट आज एउटा नानीको मृतदेह उद्धार गरिएको छ। जानकारी अनुसार आज दिउँसो फुलबारीको पश्चिम धनतला इलाकाको टिस्टा क्यानलमा केही युवकहरूले माछा मारिरहेको समय एउटा शिशुको मृतदेह पानीमाथि तैरिरहेको देखे। यसपछि युवकहरूले शिशुको मृतदेह उद्धार गरेर पुलिसलाई घटनाबारे जानकारी गराए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement