सिलगढी: सिलगढीको समर नगरमा एउटी महिलालाई निर्वस्त्र गरेर कुटपीट गरेको खबर हिजैमात्र प्रकाशमा आएको थियो।यसै घटनाको जाँचको लागि पीडितासित भेट गर्न आज राज्य महिला आयोगको चार सदस्य टोली समर नगर आइपुगेको छ। महिला आयोगको चेयरपर्सन लीना गङ्गोपाध्यायले आज आफ्नो टोलीको साथमा पीड़ित महिलासित भेट गर्नको साथै यस घटनाको कार्वाही विषयमा प्रधान नगर थाना पुलिससित सोधखोज पनि गरेको बताइएको छ। राज्य महिला आयोगको चेयरपर्सन लीना गङ्गोपाध्यायले बताए अनुसार सहरमा यस प्रकारको घटना खुबै दुर्भाग्यपूर्ण हो। आज पीडित महिलासित भेट गरेर घटनाको विषयमा जानकारी लिनको साथै प्रधान नगर थानामा गएर यस घटनामा के-कस्तो कार्वाही गरिरहेको छ भन्ने विषयमा कुराकानी गर्यो। उक्त मामिलामाथि आफूहरूले नजर राख्ने तिनले बताइन्। ज्ञात रहोस गत १७ अक्टोबरको दिन सिलगढीको प्रधाननगर थाना अन्तर्गत समर नगर इलाकामा एउटी महिलाले अन्य एउटी महिलाको शरीरमा थुकेपछि उक्त महिलाले यसको प्रतिवाद गर्दा तिनलाई निर्वस्त्र गरेर कुटपीट गरेको थियो। यो घटनामा प्रधाननगर थाना पुलिसले २ जना महिला सहित ३ जनालाई पक्राउ गरेपछि हाल तिनीहरू न्यायिक हिरासतमा छन्।










