दार्जीलिङ पुलबजार बिजनबारी खण्ड पञ्चायत समितिमा भाजपाको समिति गठन

12ebe215-a15d-4497-95ed-0bc46907b63c

दार्जिलिङ: दार्जीलिङ भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामाको प्रमुख उपस्थितिमा दार्जीलिङ पुलबजार बिजनबारी खण्ड पञ्चायत समितिमा भाजपाको सर्वसम्मतिमा बोर्ड गठन गरिएको छ। ४९ सदस्यीय उक्त पञ्चायत समितिको सभापतिमा निमन्त तामाङ तथा सहकारी सभापतिमा रिवाज गुरुङ निर्विरोध रूपमा चयन भएका छन्। समितिलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष संजीव लामाले भने, “यो समिति जनताको समिति हो। यहाँ पक्ष–विपक्ष भन्ने कुनै स्थान छैन। यस समितिको उद्देश्य जनताको हितमा काम गर्नु र विकासलाई गति दिनु हो। अब फुट र विभाजनको राजनीति अन्त्य हुनुपर्छ। पहाडमा शान्ति, विकास र नयाँ सोचलाई अघि बढाउन आवश्यक छ। नयाँ पुस्ताका युवाहरूलाई नेतृत्वमा अवसर दिनुपर्छ। अब पहाडमा बदलाको होइन, बदलाउको राजनीति हुनुपर्छ।”
उक्त कार्यक्रममा दार्जीलिङ भाजपा जिल्ला प्रवक्ता साकाल देवान, जिल्ला सचिव गोपाल बुढाथोकी, जिल्ला मिडिया प्रभारी योवन गुरुङ, विभिन्न ग्राम पञ्चायतका प्रधान तथा उप प्रधानहरू, रेलिङ कैजले मण्डल अध्यक्ष सुबन सुब्बा, पुलबजार गोक मण्डल अध्यक्ष बन्दन राई, चुन्थुङ मारायबोङ मण्डल अध्यक्ष सन्देश सुब्बा, तक्दा मण्डल अध्यक्ष सुकहाङ लिम्बु, भाजपा खण्ड विकास समितिका संयोजक रोजर सुब्बा, सह संयोजक पुनम दर्नाल, साथै पार्टीका अन्य पदाधिकारी, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

About Author

Advertisement