मेगा फूटबल टुर्नामेण्टः जलपाइगढ़ी पुलिस क्वार्टर फाइनलमा

IMG_20221019_204322.jpg

१९ अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा बुधवार जलपाइगढ़ी पुलिसले जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा जलपाइगढ़ी पुलिसले सीतारामपुर एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट विकास रोय (पेनल्टी) र सुमन सरनले गोल गरे। सुमन सरनलाई प्लेयर अव् द म्याच चयन गरियो। यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement