असम: कोकराझारमा बाढीपीडितका लागि ‘डुङ्गा एम्बुलेन्स’ सेवा सुरु

FB_IMG_1783062795396

विकट क्षेत्रका बिरामीले तत्काल उपचार पाउने

गुवाहाटी: असममा हाल जारी बाढीको संवेदनशीलतालाई मध्यनजर गर्दै कोकराझार जिल्लाका नदी तटीय तथा दुर्गम क्षेत्रहरूमा आपत्कालीन स्वास्थ्य सेवा सहज बनाउन ‘डुङ्गा एम्बुलेन्स’ (नौका एम्बुलेन्स) सेवा सञ्चालनमा ल्याइएको छ। एनटीपीसी बोंगईगांवको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत थुप्रै डुङ्गा एम्बुलेन्सहरू सेवामा परिचालन गरिएका हुन्। असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार बाढीको विपद्‌मा पनि नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कदम चालिएको हो।
​यस जल यातायात एम्बुलेन्स सेवाको प्रारम्भसँगै बाढी प्रभावित क्षेत्रका ग्रामीण बासिन्दा, विशेष गरी गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र गम्भीर प्रकृतिका बिरामीहरूका लागि आकस्मिक उपचार सेवा प्राप्त गर्न सहज भएको छ। बाढीका कारण सडक सञ्जाल टुटेका दुर्गम स्थानहरूमा यो सेवा एउटा नयाँ आशाको किरण बनेको छ, जसले संकटको समयमा बिरामीहरूलाई सुरक्षित र समयमै अस्पताल पुर्‍याउन ठूलो मद्दत गर्ने विश्वास लिइएको छ।

About Author

Advertisement