गोरुबथान: गोरुबथान युथ्सको तत्त्वावधानमा आगामी १३ जुलाई २०२६ का दिन २१२औं भानु जयन्ती भव्य रूपमा सम्पन्न हुने भएको छ। यस सम्बन्धमा जानकारी दिँदै गोरुबथान युथ्सका सचिव रोहित शर्माले कार्यक्रमको रूपरेखा सार्वजनिक गर्नुभएको छ। स्थानीय युद्धवीर उच्चतर माध्यमिक विद्यालयको प्रेक्षालयमा आयोजना हुने यस गरिमामय समारोहमा विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू समावेश गरिएका छन्। सो अवसरमा समाज र साहित्यमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै स्थानीय प्रतिभाहरूलाई समेटेर कविता वाचन प्रतियोगिता, मौलिक नेपाली नृत्य र गायन जस्ता विविध रोचक कार्यक्रमहरू प्रस्तुत गरिनेछ। गोरुबथान युथ्सका सचिव रोहित शर्माले यस ऐतिहासिक तथा सांस्कृतिक उत्सवलाई भव्य रूपमा सफल बनाउनका लागि सम्पूर्ण गोरुबथानबासीलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई सहभागिता भइदिनु हुन हार्दिक अपिल गर्नुभएको छ।










