नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) को नयाँ दिल्लीस्थित केन्द्रीय कार्यालयमा हिजो एक महत्वपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भएको उक्त भेटमा देशको आन्तरिक विकास र रणनीतिक प्राथमिकताका विविध पक्षहरूमा केन्द्रित रहेर छलफल गरिएको थियो।
छलफलका क्रममा मुलुकमा सुशासनको सुदृढीकरण, राष्ट्रिय विकासका प्राथमिकताहरू र विश्वमञ्चमा भारतको बढ्दो भूमिकाका विषयमा गहन विचार विमर्श भएको थियो। यसका साथै देशलाई थप शक्तिशाली र समृद्ध बनाउने सामूहिक दृष्टिकोण अनुरूप ‘विकसित भारत’ को साझा संकल्पलाई साकार पार्ने दिशामा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।









