मंगपू गोल्ड कपः टाई ब्रेकरमा रोमाञ्चक जीतको साथ ईष्टर्न रेलवे सेमिफाइनलमा

IMG_20221019_202922.jpg

१९ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा ईष्टर्न रेलवे, कलकत्ताले टाई ब्रेकरमा रोमाञ्चक जीतको सेमिफाइनलमा स्थान बनायो। मंगपू जन मैदानमा बुधवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा ईष्टर्न रेलवेले कालेबुङको युनाइटेड ब्रदर्सलाई टाई ब्रेकरमा ४-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा ईष्टर्न रेलवेबाट राजेन उरावँले गोल गरे। यसरी नै युनाइटेड ब्रदर्सबाट खेरोन राईले दोस्रो हाफमा गोल गरे। आजको विजेता ईष्टर्न रेलवेले २२ अक्टोबरको दिन खेलिने पहिलो सेमिफाइनलमा आमुक्त परिवारको चुनौती स्वीकार्नेछ। अब बिहीवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा नर्थ बेंगल आर्म्ड पुलिस (डाबग्राम) र नेपालको चर्च बोइज (काठमाण्डौ)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २२ र २३ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल ३० अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement